यश कुमार परियार-बैशाख ७,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी छ । गाउँपालिकालाई विभिन्न संघ संस्था, उद्योगी व्यवसयिबाट वा व्यक्तिगत तर्फबाट आर्थिक देखि स्वास्थ्य सामग्री लगायत खाद्यान्न सहयोग आईरहेको छ ।

यसैबिच यस नोबेल कोरोना भाईरसको विषम परिस्थितिमा रोशी गाउँपालिकाको वडा नं ८ मा रहेको नाङ्साल रोडा ढुङ्गा उद्योग र वडा नं ११ मा रहेको कालढुङ्गा रोडा ढुङ्गा एण्ड सेन्ड प्रा.लि बाट क्रमशः ५०/५० हजार विपद व्यबस्थापन कोषमा सहयोग रकम जम्मा गरेका छन् ।

गाउँपालिका अध्यक्ष डि.बि. लामाले यस विषम परिस्थितिमा सहयोग गर्ने सहयोगीहरु प्रति बिशेष आभार प्रकट गर्दै धन्यवाद दिए । “ यस्तो संकटको समयमा उहाँहरुले गर्नुभएको सहयोगप्रति म लगायत पुरै गाउँपालिकाले धन्यवाद दिएका छौ” उनले भने “यस रकमलाई सहि सदुपयोग गर्ने प्रतिवद्धता दिन चाहन्छु ।”

“आगामी दिनमा गाउँपालिका भित्र रहेका उद्योगि व्यवसायि, संघ संस्थाहरुबाट साथै सहयोगि मनहरुबाट थप सहयोगको अपेक्षा गरेको छु” भन्दै उनले भने “सबैले आ–आफ्ने स्थानमा रहेर विपन्न, अशक्त, अपाङ्गता भएका साथै खान लगाउन समस्यामा परेकाहरुलाई सहयोग गरिदुनुहुन म अनुरोध गर्दछु” भने ।

Facebook Comments