रोशी सहकर्मी–बैशाख ७,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकाले बिश्वभर फैलिरहेको नोभेल कोरोना भाईरस (कोभिड–१९) का कारण गरिएको देश लकडाउनमा आफ्नो पालिका भित्र थप कडाई गर्ने भएको छ । गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सजक हुन र नेपाल सरकारबाट गरिएको लकडाउन लाई पुर्ण रुपमा पालना गर्न पालिका प्रवेश गर्ने ११ वटा नाका बन्द गराएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङ्को नेतृत्व मा गाउपालिकाको ११ ओटा नाकाहरु भित्र प्रवेश गर्ने खाद्यान्न, तरकारी, दुग्ध गाडी, एम्बुलेन्स, सुरक्षाकर्मी, लगायत पास नलिई अनावश्यक रूपमा आवत जावत गर्ने सबै यातायातको साधानहरु प्रवेश निषेध गरिएको गाउँपालिका उपाध्यक्ष तामाङले जानकारी दिईन् ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा बोहोरे दोभान, खहरे घाट र उपाध्यक्षको नेतृत्वमा तिलचौर माम्ती, भोर्ज्याङ वेशी, काल्धार वेशी, सानो गिम्दी, ठूलो गिम्दी, थिल्वार वेशी, याङपेलमा अनुगमन गरिएको थियो ।
गाउपालिकाले सो नाकाहरुमा एक एक स्वयं सेवक को पनि व्यवस्था गरिएको र उक्त नाकाहरुमा गाउपालिका भित्र भन्दा बाहिराको कोहि प्रबेश हुन नदिने साथै सो नाकाबाट पास लिएको सवारीसाधन आवातजवातको लागि नामथर सहितको विवरण राखिने व्यवस्था मिलाईएको उपाध्यक्ष तामाङले जानकारी दिईन् ।

उपाध्यक्ष तामाङको नेतृत्वमा गाउँपालिकाका प्रमुख प्रशसकिया अधिकृत लक्ष्मण कुईकेल, वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नम्बर ५ का वडा अध्यक्ष प्रविन लामा, स्वास्थ्य संयोजक शिवहरी पठक लगायतले उक्त नाकाको अवलोकन गरेका थिए ।

उपाध्यक्ष तामाङले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा प्रवेश निषेध सफल पार्नको लागि अनावश्यक तरिका बाट कोही कतै हिडडुल नगरिदिनुहुन र आफ्नै घरमा बसेर आफू सुरक्षित भै समाजको सुरक्षाको लागि हातेमालो गरी तेमाल गाउपालिकालाई कोरोना मुक्ता गाउपालिका बनाउन सहयोग गर्न सबैमा अनुरोध गरिन् ।

अत्यावश्यक सवारी आवगमनमा समस्या:

तर यसरी बाटोमा तत्काल झिक्नै नमिल्ने गरि राखिएको बारले अत्यावश्यक सवारीहरुको आवत जावतमा समस्या परेको गुनासो छ । बिरामी बोक्ने सवारी कुनै पनि समयमा जुनै पनि नाकाबाट प्रवेश गर्न सक्ने भएकाले बाटो बन्दा गराईए पछि समस्या परेको एम्बुलेन्स चालकको गुनासो छ । महामारीको समयमा सतर्कता अपनाउनु राम्रो कुरा हो तर यस्ले पुर्याउने समस्याको बारेमा पनि ध्या दिन जरुरी रहेको एक स्थानियले बताए ।

Facebook Comments Box