यश कुमार परियार–बैशाख ७,
२०७७,काभ्रे/

काभ्रेमा आज ४२ जनाको आर.डि.टि. विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

कोरोना परिक्षण भएकाहरुमा जिल्ला काराकारका ९ जना कैदी बन्दी, नमोबुद्ध नगरपालिकामा ३ जना, पनौती नगरपालिका वडा नम्बर ८ मा २९ जना र बेथानचोक गाउँपालिकामा १ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको उनले जानकारी दिए ।

त्यस्तै धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका ३ जना, रामेछाप जिल्लाका १ जना र धुलिखेल नगरपालिकाका १० जना गरि १४ जनाको स्वाब परिक्षण भइरहेको बताए ।

जिल्ला भरमा यस अघिनै २ सय ८८ वेडको क्वारेन्टाईन तयार भईसकेको छ ।

Facebook Comments