रोशी सहकर्मी–बैशाख ७,
२०७७,काभ्रे/

जिल्लाको पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको सक्रियतामा काठमाडौ उपत्यका छाडेर आफ्नो जिल्ला जान लागेका १५९ जना मजदुरहरुको उद्धार गरिएको छ ।

अधिकांश सिन्धुली जिल्लाका रहेका व्यक्तिहरुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउन नगरप्रमुख न्यौपानेले सिन्धुलि जिल्लाका जनप्रतिनिधिहरु संग सम्पर्क गरि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर उनिहरुलाई गन्तव्यसम्म पुर्‍याउने पहल गर्नुभएको थियो । कुशादेवी क्षेत्रमा क्याम्प बनाएर सम्पूर्ण व्यक्तिहरुको ज्वरो जाँच समेत गरिएको छ ।

विश्वव्यापि महामारीको रुप लिएको कोरोना भाइरस कोभिड -९० को संक्रमण फैलन नदिन सरकारले लकडाउन कायमै राखिरहेको छ । सुरुमा एक सात गरिएको लक डाउन संक्रमितहरु को सङ्ख्या बढेपछि लकडाउन जारी राखिएको छ । यसको असर ज्याला मजदुरी गर्दै दैनिकी चलाउने मजदुरवर्गमा परेको छ ।

उचित खाद्यान्नको अभाव , गाउघरमा परिवार संग बस्ने , गाउँघरमै कृषि पेशा गर्ने लगायत सोचले उपत्यका छोड्नेहरु बढ्दै गइरहेका छन । राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा भएपछि हिडेर भित्री सडक बाट आवतजावतमा वृद्धि भएको हो । ग्वार्को, लाकुरीभञ्ज्याङ, पनौती, नमोबुद्ध सडक हुदै पनौती हुँदै आफ्नो गन्तव्य जानेको सङ्ख्या दिनदिनै बढिरहेको छ ।

आज शनिबार मात्रै १५९ जना उक्त नाकाबाट कुशादेवी प्रवेश गरेका छन । अधिकांश महिला र बालबालिका रहेको टोलीलाई पनौती नगरपालिका प्रमुख भिम न्यौपाने र पनौती वडा नं ३ डाहिगाउँका युवाहरुको पहल खाना खाजा खुवाउने र सिन्धुली जिल्लाको सिमा सम्म यातायात व्यवस्था गरि पुर्‍याइएको छ । सिन्धूलीको गोल्जो गाउँपालिका जान लागेका केही व्यक्तिहरु शुक्रबार साझ कुशादेवि आइपुगेका थिए ।

ठाउँठाउँमा प्रहरीले पक्राउ गरि चौकीमा लगेको र कतैकतै खाजा पानी दिने गरेको सिन्धुली जान लागेका दिपराज नेपालीले बताए । थकित रहेका उनले भने “पनौतीका मेयरले हामीलाई खाजा पानी र गाडीको व्यवस्था गरिदिनु भयो हामीले भगवान् भेटेको जस्तो भयो मलाई “। उनले भने सबै जना पनौतीको मेयर जस्तो भए कसैले पनि दुख भोग्नु पर्दैन ।

Facebook Comments Box