रोशी सहकर्मी–बैशाख ७,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकमा गत चैतभित्र विदेशबाट घर फर्केका व्यक्तिमध्ये हालसम्म २३७ जनाको कोरोना परीक्षण गरिएकामा सबै नतिजा नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडीटी थालिएको र परीक्षण जारी छ ।
जिल्लामा हाल कोही पनि आइसोलेशन वार्डमा छैनन् । कोरोना भाइरस संक्रमण आशंकामा जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ ।
विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे र चौतारा अस्पतालमा गरी आठ जनालाई आइसोलेशन वार्डमा राखिएको थियो ।
हाल चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर, मेलम्ची, बाह्रबीसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Facebook Comments