यश कुमार परियार–बैशाख ८,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ बसोबास गर्ने एक जनामा आर.डि.टि. पोजेटिभ देखिए पनि थप परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

आर.डि.टि. गर्दा पोजेटिभ देखिनेमा ६४ वर्षिय सीता अधिकारी छन् । उनि लडेर हड्डीमा समस्या आएको र उपचारका लागि ट्रमा सेन्टरमा लैजादा आर.डि.टि. परिक्षण गर्दा कोरोना देखिएको उनका छोरा विनोद अधिकारीले बताए ।

उनमा कोरोना देखा परेपछि पि.सि.आर. विधिबाट परिक्षण गर्दा भने नेगेटिभ आएको नमोबुद्धका स्वास्थ्य शाखा संयोजक राजु वोगटिले जानकारी दिए ।

यस अघि कोरोना पोजेटिभ देखिएकि महिला नमोबुद्ध नगरपालिका वडा नं २ की हुन् भन्ने खबर आएको र थप बुझ्दा वडा नं ८ को भएको स्वास्थ्य संयोजक वोगटिले जानकारी दिए ।

यस अघि आर.डि.टि. परिक्षणमा कोरोना पोजेटिभ देखिएकी महिलाको आमा बिदेशबाट आएको र काठमाण्डौ बसोबास गर्दै आएको भनिएकोमा सच्याईएको छ ।

सम्बन्धित समाचार:

आर.डि.टि. परिक्षणमा कोरोना देखिएकी महिलाको पि.सि.आर परिक्षण गर्दा कोरोना देखिएन

Facebook Comments