यश कुमार परियार–बैशाख ८,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिका वडा नं २ ले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ । वडा अध्यक्ष सञ्जीव ढकालका अनुसार पहिलो चरणमा ४२ घर धुरीका विपन्न परिवारलाई राहत दिईएको हो । जसमा १ सय ६२ परिवार रहेका छन् ।

विश्व महामारीका कारण देश लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा मजदुर परिवारलाई राहत दिईएको उनले बताए । जसमा २ जना परिवार संख्या भएको परिवारलाई १० किलो चामल, १ लिटर तेल, १ किलो दाल र १ प्याकेट नुन थियो । त्यस्तै ३ जना परिवार संख्या भएको परिवारलाई १५ किलो चालम, डेढ लिटर तेल, डेढ किलो दाल र १ प्याकेट नुन रहेको थियो । त्यस्तै ४ जना परिवार संख्या भएका घर परिवारलाई २० किलो चामल, २ लिटर तेल, २ किलो दाल, २ प्याकेट नुन दिईएको छ । वडा अध्यक्ष ढकालका अनुसार परिवार संख्याका आधारमा क्रमश राहत सामग्रीको परिमाण थपेर वितरण गरिएको बताए ।

उनले पहिलो चरणको राहत वितरण सकिएको र लकडाउनको अवधी र त्यसले पारेको असरलाई मध्यनजर गर्दै वडा स्तरीय समन्वय समितिबाट निर्णय गरेर दोश्रो चरणको राहत वितरण पनि सुरु गरिने बताए । वडा कार्यलयमा राहत पाँउ भनि ५६ घर परिवारले निवेदन दिएका थिए ।

जसमध्ये केहि परिवार विपन्न भित्र नपरेका र केहिलाई अन्यत्रबाट नै राहत उपलब्ध भईसकेका कारण वितरण नगरिएको वडा अध्यक्ष ढकालले बताए ।

Facebook Comments Box