यश कुमार परियार–बैशाख ९,
२०७७,काभ्रे/

काभ्रे प्याब्सनले पनौतीमा अलपत्र परेका २७ मजदुरको उद्धार गरेको छ । लक डाउनका कारण पनौती नगरमा दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरु अलपत्र परेका थिए ।

उनिहरुको समस्यालाई मध्यनजर गर्दै काभ्रे प्याब्सनका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले पनौतीमा रहेको आफ्नै विद्यालय (सामुदायिक वोर्डिङ स्कुल) को स्कुल बसबाट काठमाण्डौको थानकोट सम्म पुर्याइन लागेको हो ।

उद्धार गरिएकाहरुमा कैलाली, सुर्खेत, वर्दिया, दाङ, रोल्पा घर भएकाहरु छन् ।
उनिहरुलाई लक्ष्मन थापा सहितको समुहले खाना खुवाएको छ । पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले सहजिकरण गर्नुका साथै नगर स्वास्थ्य शाखाले ज्वारो जाँच गरेर माक्स दिएको प्यब्सन काभ्रेका उपाध्यक्ष महेन्द्र थिङले जानकारी दिए ।

उद्धार गरिएका नागरिकहरुलाई काठमाण्डौबाट गन्तव्य सम्म पुग्नका निमित्त उनिहरुको स्थानिय तहले सहयोग गर्ने पनि उपाध्यक्ष थिङले जानकारी दिए ।

Facebook Comments