रोशी सहकर्मी–बैशाख ९,
२०७७,काभ्रे/

जिल्लाको नेपाल ट्रेड युनियन कांग्रेसले प्याब्सन काभ्रे लाई दुई थान पि.पि.ई. सेट प्रदान गरेको छ ।

आज संघका जिल्ला उपाध्यक्ष एवं यतायात मजदुर संघका जिल्ला अध्यक्ष सन्तोष गौतमले प्याबसनका जिल्ला सचिव सुजेन्द्र श्रेष्ठलाई पि.पि.ई. सेट हस्ताण्तरण गरेका हुन् ।

प्याब्सन काभ्रेले सड्कमा अलपत्र परेका मजदुर, श्रमिक, विद्यार्थी र यात्रुहरुलाई उद्धार गर्न सुरु गरे सँगै सुरक्षित यात्रा गराउनका लागि उक्त पि.पि.ई. सेट प्रदान गरिएको संघका उपाध्यक्ष सन्तोष गौतमले बताए । साथै उनले उक्त कार्यमा समन्वय गरेकामा प्याब्सन काभ्रेका जिल्ला उपाध्यक्ष महेन्द्र थिङलाई धन्यवाद दिए ।

Facebook Comments Box