रोशी सहकर्मी–बैशाख ९,
२०७६,धुलिखेल/

काभ्रेपलाञ्चोक जिल्लाबाट लकडाउनका कारण तीन हजार ४१२ मानिस बाहिरिएका छन । बन्दाबन्दीका कारण जिल्लामा अलपत्र परेका तथा अन्य जिल्ला हुँदै आएका तीन हजार ४१२ गन्तव्य गएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार काभ्रेपलाञ्चोक जिल्ला मै विभिन्न उद्योग तथा व्यवसायमा कार्यरत एक हजार ५९० मजदुर र अन्यत्र जिल्लाबाट आएका एक हजार ८२२ पदैलयात्री अन्य जिल्ला गएका छन ।

रोशी गाउँपालिका, पनौती नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा लगायत विभिन्न संघसंस्था मार्फत उनीहरुलाई उद्धार गरिएको थियो ।

Facebook Comments