
यश कुमार परियार–बैशाख १०,
२०७७,काभ्रे/
तेमाल गाउँपालिकाले उपत्यका भित्र समस्यामा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने भएको छ ।
तेमाल गाउँपालिकाले रोजगारी, शिक्षा वा अन्य शिलशिलामा उपत्यका पुगेका र गाउँ आउन चाहनेहरुका लागि भोली (बिहिबार) काठमाण्डौको बिभिन्न रुटमा बसको व्यवस्था गर्न लागेको हो ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण रोक्नका निमित्त सरकारले लकडाउन गरेको छ ।
यसै अवस्थामा काठमाण्डौ लगायत आसपासका विभिन्न स्थानमा रहेका विपन्न, मजदुर साथै समस्यामा परेकाहरुलाई उद्धार गर्न लागिएको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले बताए ।
भोली (बिहिबार) गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ साथै सम्पुर्ण वडा अध्यक्षहरु उद्धारको लागि जाने छन् ।
भोली बिहान देखि बुलेका सम्म नै उद्धारको काम हुने भएकाले आज बाट नै सम्पर्क गर्न प्रवक्ताले अनुरोध गरे ।
साथै थप व्यक्तिहरु सम्पर्कमा आएमा उद्धारको काम जारी रहने प्रवक्ताले तामाङले बताए ।
गाउँ फर्कन चाहनेहरुका लागि ४ स्थानबाट बसको व्यवस्था गरिएको छ:
१.स्वयम्भु, कलंकी कोटेस्वर हुँदै– ३ वटा बस
२. स्वयम्भु, बौद्ध भावहिल तीनकुने हुँदै – ३ वटा बस
३. कोटेस्वर, जडिबुटि, लोकन्थली, सानो ठिमि हुँदै – ३ वटा बस
र
४ सुर्य विनायक बेपा हुँदै – २ वटा बसको व्यवस्था गरेको छ ।
घर फर्कन चाहने व्यक्तिहरुले सम्बन्धित वडा अध्यक्ष वा तल दिईएको गाडि चालकको नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

