रोशी सहकर्मी–बैशाख १०,
२०७७,काभ्रे/

जिल्ला प्रहरी कार्यालय काभ्रेले जबरजस्ती करणी गरेको आरोपमा तीन जना युवालाई पक्राउ गरेको छ ।

१६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको मण्डनदेउपुर नगरपालिका–८ का कुन्ताबेसी स्थायी घर भई हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भई सोही ठाउँ बस्ने सविन दुलाल र पनौती नगरपालिका-५ सुन्दरबस्तीका सन्देश थापा रहेका छन् ।

२०७६ असोज १३ गते सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका–६ हस्पिटल चोक बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुलिखेलबाट बा.५ च ३८४९ नम्बरको जिपमा राखेर बनेपास्थित काभ्रे क्याम्पस नजिकैको जंगलमा लगेर युवतीलाई जबरजस्ती करणी गरेपछि उनीहरु फरार भएका थिए । उनीहरुलाई आ–आफ्नो क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए । उनीहरुविरुद्ध २०७६ असोज १६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दायर भएको थियो । डिएसपी थापाका अनुसार उनीहरुविरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Facebook Comments