यश कुमार परियार–बैशाख १०,
२०७७,काभ्रे/

नेपाल तामाङ युवा घेदुङका संघीय अध्यक्ष बिलाम मुक्तानले काठमाण्डौ उपत्यका लगायतका स्थानमा बन्दाबन्दिका कारण समस्यामा परेकाहरुलाई उद्धार गरेका छन् ।

रोशी गाउँपालिका वडा नं १२ का १३ जनालाई उनले गाडिको व्यवस्था गरि गाउँ सम्म पुग्ने व्यवस्था गरेका हुन् ।कोरोना भाईरस नियन्त्रणका निमित्त सरकारले गरेको लकडाउका कारण काठमान्डौ, ललितपुरका विभिन्न ठाउँमा समस्या झेलिरहेका परिवारलाई उद्धार गरिएको उनले बताए ।

साथै भोली (बिहिबार) पनि विभिन्न स्थानबाट ११ जनाको उद्धार हुने र उद्धारको क्रम जारी रहने उनले बताए ।
उपत्यका लगायत आसपासका स्थानमा यस अवस्थामा समस्या परे कुनै पनि बेला सम्पर्क गर्न अनुरोध पनि गरेका छन् ।

Facebook Comments Box