यश कुमार परियार–बैशाख १३,
२०७६, काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले काठमाडौ उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने करिब ११ सय नागरिकहरुलाई उद्धार गरेको छ । रोशी गाउँपालिकाले प्यब्सन काभ्रेको गाडिमा आफ्नो क्षेत्र भित्रका नागरिकलाई शुक्रबार साँझ उद्धार गरेको हो ।

विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण फैलन नदिनका निमित्त गरिएको लकडाउनका कारण काठमाडौमा अलपत्र परेका नागरिकहरुले आफूहरुलाई उद्धार गरि गाउँमा जाने व्यवस्था गर्न गाउँपालिकालाई आग्रह गरे बमोजिम पालिकाले प्याब्सन काभ्रेको सहयोगमा उनिहरुलाई उद्धार गरिएको हो । उद्धारको लागि यस अघि नै काठमाडौमा अलपत्र परेका नागरिकहरुको वडा गत रुपमा तथ्यांक संकलन गरेको थियो । तथ्यांक संकलन गरि सामाजिक संजाल मार्फत खबर गरे सँगै शुक्रबार साँझ कोटेश्वर जडिबुट्टिमा जम्मा भएका नागरिकहरुलाई उद्धार गरिएको हो ।

काठमाडौमा अलपत्र परेका नागरिकहरुको दुःख सहन नसकेर लकडाउनको बाबजुत पनि आफ्नो नागरिकहरुलाई उद्धार गर्नुपरेको कुरा गर्दै गाडीको व्यवस्था गरेकोमा प्याब्सन काभ्रेलाई अध्यक्ष लामाले धन्यवाद दिए । उनले भने “कुन शब्दले म धन्यवाद दिउँ, गाउँपालिकाको नागरिकहरु दुखमा पर्दा यति ठुलो गुण लगाएकोमा प्याब्सन काभ्रेलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।”
“यसरीनै निजि र सरकारी संयन्त्रहरु मिल्दै जाने हो भने विकासको पाटोमा हामी ठुलो छलाङ मार्न सक्छौँ भन्ने विश्वास छ” उनले भने “निजि विद्यालयहरुलाई पैसा मात्रै धेरै लिने व्यापारी जस्ता आरोप लगाउने गर्छौ, तर यो मात्रै नभएर यसरी नागरीकलाई समस्या परेको, दुख भएको संकटको बेलामा सामाजिक भाव रहेको निजि क्षेत्रलाई जतिनै तारीफ गरे पनि कम हुन्छ” लामाले थप्दै “रोशीको समस्यालाई आफ्नै समस्या सम्झेर लागि पर्नुभएकोमा प्रदेश सभा सदस्य रत्न ढकाल, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, विशेष गरि उपाध्यक्ष महेन्द्र थिङ लगायत सम्पुर्ण पदाधिकारी, गाडि सहयोग गर्नुहुने सम्पुर्ण सदस्य विद्यालयहरु, शिक्षकहरु, गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौला, जनप्रतिनिधिहरु साथै यस संकटको समयमा हर तवरले साथ सहयोग गर्नुहुने सम्पुर्णमा म र मेरो गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु” भने । “यस्तै रोशी बासीलाई गाउँ ल्याउनको लागी सल्लाह दिने संबिधान सभा सदस्य तिर्थ लामा ज्यू, जिल्ला प्रशासन कार्यलय भक्तपुरका प्रमुख हुमकला पाण्डे, जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख श्रवण कुमार तिमल्सिना, उद्धारमा खटिने सम्पुर्णलाई खाजा पानीको व्यवस्थापन गरेर सहयोग गर्ने ने.वि. संघ काभ्रेका सभापती निर्पेश बादेलाई पनि धेरै धन्यवाद दिन चाहन्छु ।”

साथै उनले आगामि दिनमा सरकारी र निजि क्षेत्रको मित्रता सदैभ कायम रहिरहोस् भन्दै, प्याब्सन काभ्रेले गरेको सहयोग प्रति आफु लगायत सम्पुर्ण गाउँपालिका नै ऋणी भएको बताए । उद्धारको लागि प्रदेश सभा सदस्य रत्न ढकाल, गाउँपालिकाका अध्यक्ष डिवि लामा, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दहाल, स्वास्थ्य शाखा प्रमुख गंगलाल श्रेष्ठ, दिल रत्न शाक्य, काभ्रे प्यावसनका अध्यक्ष पूर्णकुमार श्रेष्ठ लगायत सहभागी थिए ।

रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाको पहलमा यस अघि पनि रोशीमा अलपत्र परेका थुप्रै नागरिकहरुको उद्धार हुँदै आएको छ ।

यातायातका साधन सहयोग गर्ने सदस्य विद्यालयहरूः

१– काभ्रे ईग्लिस सेकेण्डरी स्कूल पनौती (२थान गाडी)
२– सामुदायिक मा.वि. पनौती (१ थान गाडी)
३– नमोबुद्ध मा.वि. सङ्खु, धुलिखेल (१ थान गाडी)
४– ज्ञान ज्योती सेकेण्डरी स्कूल, पनौती (१ थान गाडी)
५– एभरेस्ट एकडेमि, बनेपा (१ थना गाडी)
६– ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपा (१ थान गाडी)
७– विकटेश्वर सेकेण्डरी स्कूल, भैंसिपाटि,बनेपा (१थान गाडी)
८– बेलर ईन्टरनेसनल स्कूल, बनेपा (२ थान गाडी)
९– क्षितिज ईग्लिस सेकेण्डरी स्कूल, बनेपा (१ थान गाडी)
१०– प्रगति किरण स्कूल, कटुञ्जे, रोशी (२ थान गाडी)
११– बुद्ध एकेडेमी, भकुण्डे (१ थान गाडी)

Facebook Comments Box