रोशी सहकर्मी–बैशाख १३,
२०७,काभ्रे/

भूकम्प गएको पाँच बर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते भूकम्प गएको थियो । तर पाँच बर्षमा पनि पुनःनिर्माण भने सकिएको छैन । जिल्ला आयोजना कार्यानवयन इकाई काभ्रेका अनुसार अहिले सम्म ६१ प्रतिशत मात्र आवास निर्माण सकिएको छ ।

कोरोना कहरका कारण आवास निर्माणले गती लिन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईको भनाई छ । थुप्रै घर निर्माणको अन्तिम चरणमा रहेका भएपनि प्रयाप्त निर्माण सामग्री नहुनु, कामदार अभाव लगाएतका कारण असर परेको उनीहरुको भनाई छ । स्थानीय सरकारले चासो नदिदाँ पनि पुन निर्माण सोचे जस्तो हुन नसकेको हो ।

काभ्रेको विकट मानिएका महाभारत गाउँपालिका र कोशीपारिको भुम्लु गाउँपालिकाले अन्य गाउँपालिका भन्दा पुनःनिर्माणमा अगाडि रहेका भएपनि उनीहरुले पनि सोचे जस्तो गर्न सकेका छैनन । यी दुई पालिकाका कुल नीजि आवासमा ७९ प्रतिशत घर निर्माण सम्पन्न भएका छन् ।

पुन निर्माण प्राधिकरण काभ्रेका अनुसार बेथानचोक गाउँपालिकाले ५९ प्रतिशत काम सम्पन्न भएको छ । चौरीदेउराली गाउँपालिकाले ६४ प्रतिशत, खानीखोलाले ६५ प्रतिशत, रोशी गाउँपालिकाले ५९ प्रतिशत निर्माणको काम सम्पन्न गरेका छन् । त्यस्तै तेमाल गाउँपालिकाले ६२ चौरी देउरालीले ६४ खानीखोलाको प्रगती ६५ प्रतिशत र भुम्लु र महाभारत गाउँपालिकाले ७९ प्रतिशत काम सकेका छन् । गाउँपालिकाको समग्र प्रगती हेर्दा काभ्रेका ६७ प्रतिशत गाउँपालिकामा पुन निर्माणको काम सम्पन्न भएको छ ।

उता नगरपालिकाहरुमा नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको पुन निर्माणको अवस्था ज्यादै कमजोर देखिएको छ । बनेपा र नमोबुद्ध नगरपालिकाले पुन निर्माणको काम ४९ प्रतिशत भन्दा धेरै पुरा गर्न सकेका छैनन् । धुलिखेल नगरपालिकाले पुन निर्माणमा ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । पनौती नगरपालिकाको ५३ प्रतिशत काम सम्पन्न भएको छ । पाँचखाल नगरपालिकाले ६२ प्रतिशत पुन निर्माणको काम सम्पन्न गरेको छ । मण्डनदेउपुरले ७३ प्रतिशत काम सम्पन्न भएका छन् ।

Facebook Comments