रोशी सहकर्मी–बैशाख १३,
२०७,काभ्रे/

आरडीटी परीक्षणमा पोजेटिभ तर पिसिआरमा नेगेटिभका आएका बेथानचोक गाउँपालिका वडा न ५ का युवासँग सम्पर्कमा रहेकाको आरडीटी परीक्षण गरिने भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बेथानचोक गाउँपालिका वडा न ५ च्यार्सिङखर्कका २८ बर्षीय युवासँग सम्पर्कमा रहेका ४० जनाको पहिचान भएपछि आरडीटी परीक्षण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका स्वास्थ्य शाखाले गरेको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो तर पछि धुलिखेल अस्पतालमा पीसिआर गर्दा नेगेटिभ आएको थियो । उनी चैत ८ गते भारतबाट आएका थिए । ‘हामीले उनको सम्पर्कमा रहेका ४० जनाको पहिचना गरेका छौ, पहिचानका आधारमा रहेकाको आरडीटी परीक्षण गर्ने छौँ’।

विदेशबाट आएका २५१ जनाको मध्ये दुई जनाको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि धुलिखेल अस्पतालमा पीसिआर परीक्षण गरिएकोमा दुई जना कै नेगेटिभ आएको थियो । मण्डनदेउपुरमा एक जना र बेथानचोक एकमा पोजेटिभ देखिएको थियो । मण्डनदेउपुरको भने परीक्षण सकिएको छ ।
जिल्लाका ६० जनाको पीसिआर र ४६२ जनाको आरडीटी परीक्षण सकिएको छ ।

Facebook Comments Box