रोशी सहकर्मी–बैशाख १४,
२०७७,काभ्रे/

बिश्व यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ । उक्त कोरोना भाइरस महामारीको नियन्त्रण र नागरीकहरुको स्वास्थ्य सुरक्षाको लागि सरकराले बिगत एक महिना देखि बन्दाबन्दी (लकडाउ) जारी राखेको छ । सरकारले लागु गरेको बन्दाबन्दीको समयमा दैनिक गुजारा चलाउन गार्हो भएको परिवारलाई अनेरास्ववियू काभ्रेले लकडाउनको एकसाता देखि राहत वितण कार्यमा जुटिरहेनको छ ।

पछिल्लो समय अनेरास्ववियू काभ्रेले मोबाइल टोलि मार्फत राहत सहयोग उपलब्ध गराउदै आएको छ । गत हप्तासम्म सातामा लगभग ८० परिवार मजदुर र विद्यार्थीलाई खाद्यान्न सामाग्री सहयोग गरेको गरिसकेको थियो ।

अनेरास्ववियू काभ्रेले आइतबार सम्म काभ्रेको बनेपामा जिल्ला भित्रबाट र जिल्ला बाहिरबाट आएर बस्ने ३ विद्यार्थी, ४ दलित परिवार र १४ मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको अखिल काभ्रे संयोजक उपेन्द्र शर्माले बताए । उनका अनुसार ५ जनासम्मको परिवारलाई १० केजि चामल, १ केजि दाल, १ प्याकेट नुन, १ लिटर तेल, १ केजि चिनि तथ भाडा माझ्ने र हात धुने साबुन १र१ वटा र ठुलो परिवारलाई २० केजि चामल, दुई केजि दाल, एक प्याकेट नुन, तेल २ लिटर, चिनी २ केजि र साबुन १र१ थान वितराण गरेको हो ।

शनिबार अनेरास्ववियू काभ्रे र ट्रेड युनियन नेपाल बनेपा नगर कमिटीले संयुक्त रूपमा बनेपा तीन दोबाटो नजिक बस्दै आएका १० परिवार मजदुरलाई खाद्यान्न सहयोग गरिको छ । जसमा ४ भारतीय नागरिक रहेका थिए । त्यस्तै अन्य खाद्यान्न सहयोग पाउनेमा विद्यार्थी, अपांग, रिक्सा चालक, यातायात मजदुर तथा निर्माणकार्यमा लाग्ने मजदुरहरु रहेको थिए ।

राहतका नाममा भिडभाड हुने र संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल टोलि निर्माण गरेर घरमै राहत सहयोग पुर्‍याउने व्यवस्था मिलाइएको संयोजक शर्माले बताए । सरकारले भने बमोजिम फोटो नखिचिकन सामाग्री वितरण गरिएको र यो अभियान निरन्तर चलिरहेन जानकारी संयोजक शर्माले दिए ।

Facebook Comments