रोशी सहकर्मी–बैशाख १८,
२०७७,काभ्रे/

काभ्रे जिल्ला प्रसासन कार्यलयले विकास निर्माणका कार्यलाई आवश्यक पर्ने निर्माण सामग्री लैजान दिने भएको छ । काभ्रे जिल्ला भित्र निर्माणाधिन तथा निर्माणका चरणमा रहेका अन्य जिल्लाका महत्वपूर्ण सरकारी आयोजनाहरु, स्थानीय तहका महत्वपूर्ण आयोजना लगायत अन्य सरकारी महत्वपूर्ण आयोजनाका कार्यलाई निर्माणमा निरन्तरता दिन सबै सरोकार वाला निकायले सजिकरण गर्न पनि जिल्ला प्रसासन कार्यलय काभ्रे वाट निर्देशन भएको हो ।

काभ्रे जिल्ला प्रसासन कार्यलयले विकास निर्माणका कार्यलाई आवश्यक पर्ने निर्माण सामग्री लैजान दिने समवन्धमा सरोकारवालाहरु सग समन्वय गरि निर्णय गरेको हो । क्याविनेट स्तरमै राष्ट्रिय गौरवका आयोजना र काठमाडौ उपत्यकाको ट्राफिक जामलाई मध्य नजर गर्दै सडक खुल्ला भएको अवस्थामा नगरी नहुने कामलाई ध्यान दिई सरकारले उक्त निर्णय गरेको हो ।

जिल्ला प्रसासन कार्यलय काभ्रेले विकास निर्माणका कार्य गर्दा र निर्माण समाग्री आपूर्ती गर्दा सेनिटाइजर, मास्क, ग्लोब्स लगायत कोभिड–१९ सम्बन्धी न्यूनतम सुरक्षा कार्य्विधि सम्बन्धित निर्माण कम्पनी तथा आपुर्ति कर्ताले मिलाउने र सामाजिक दुरी समेत अनिवार्य कायम गर्न पनि भनेको छ । विकास निर्माणका कार्यलाई आवश्यक पर्ने निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी र बालुवा, ढुङगा, गिट्टीका क्रसर उद्योगहरुले आवश्यक सुरक्षा व्यवस्था तथा सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने र आपुर्ति गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रसासन काभ्रे ले निर्देशन दिएको छ ।

त्यसैगरी उक्त कार्यको सहजिकरण, ढुवानी, व्यवस्थापनको निमित्त ट्रिपर व्यवसायी संघ काभ्रेले र नदिजन्य तथा खानीजन्य सामाग्रिको आपुर्ति सहजिकरण क्रसर व्यवसायी संघ काभ्रेले गर्ने भनिएको छ । विकास आयोजनाका निर्माण सामाग्री विशेष गरी ढुङ्गा, गिट्टी, बालुवा ढुवानी र उत्पादन गर्दा स्थानीय रुपमा सम्बन्धित पालिका प्रमुख तथा सम्बन्धित वडाका अध्यक्षले सहजिकरणको व्यवस्था मिलाउन पनि जिल्ला प्रसासन कार्यलय काभ्रेले भनेको छ ।

त्यसैगरी क्रसर उद्योगमा काम गर्ने कामदारहरुको स्वास्थ्य परिक्षण सम्बन्धित पालिकाको स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा गर्ने व्यवस्था सम्बन्धित पालिकाले मिलाउने पनि भनिएको छ । नेपालमा लक डाउनको यहाँ भन्दा पहिला कहिल्यै अनुभव नभएको हुदा राहत वाड्नु पर्ने वेलामा सरकारले राहत दिन नसेकेको विज्ञहरु वताउछन् । स्वास्थ्यमा निगरानी गरी मजदुरी गरि खानुपर्ने वर्गलाई काम गरेर खान अवसर दिन पनि सरकारले यो निर्णय गरेको हो ।

तर यता काभ्रेको दोलालघाट, ज्याम्दी क्षेत्रवाट विकास निर्माण कार्यलाई आवश्यक पर्ने निर्माण सामाग्री स्थानियले ल्याउन दिएका छैनन् ।

Facebook Comments