रोशी सहकर्मी–बैशाख १९,
२०७७,काभ्रे/

धुलिखेल सामुदायिक अस्पतालले कर्मचारीका लागि ५२ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । अस्पतालले आफ्ना कर्मचारीका लागि अस्पतालले ५२ वेडको क्वारेन्टाइन बनाएको जनाएको छ । अहिले सम्म जिल्लामा ३४२ क्वारेन्टाइन वेड तयार भएको कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।
जसमा धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमारियल अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । स्थापना गरिएका सबै क्वारेन्टाइन खाली अवस्थामा रहेका छन । कोरोना भाइरस सङ्क्रमण न्यूनीरकण तथा रोकथामका लागि यहाँका स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताउनुभयो ।

Facebook Comments