
रोशी सहकर्मी–बैशाख २०,
२०७७,भकुण्डे/
नेपाली काँग्रेस नमोबुद्ध काठमाडौं सम्पर्क समितिले नमोबुद्ध नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्य, सम्पर्क समितिका अध्यक्ष भोला भट्टराई र नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले सयुक्त रुपमा नगर प्रमुख टिपि शर्मा तिमल्सिनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो ।

सामाग्रीहरुमा १५ वटा ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) १५ सेट, ५०० एमएलको २० वटा स्यानिटाइजर, ३ हजार पिस सर्जिकल मास्क, ७५० जोर सर्जिकल ग्लोब्स, १०० पिस सावुन छन । सम्पर्क समितिका अध्यक्ष भट्टराईले नगरभित्र रहेका स्वास्थ्य केन्द्र र मेथिनकोट अस्पतालको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, ईन्द्र बहादुर दाहाल, प्रेम लामा, बिदुर प्रसाद बर्तौला, कुल प्रसाद न्यौपाने, रामेश्वर अधिकारी, सुमन पाण्डे, गोकुल तिमल्सिना लगायत काँग्रेस नगर भित्रका वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।