रोशी सहकर्मी–बैशाख २१,
२०७७,काभ्रे/

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले आफ्नो गृह जिल्ला काभ्रेपलान्चोकको स्थानीय तहहरुमा नेपाली काँग्रेस काभ्रेको तर्फबाट पिपिई र मास्क वितरण गर्ने र सो तहहरुको अवस्था बुझ्ने अभियान अन्तर्गत आज बेथान्चोक, महाभारत गाउँपालिका र बनेपा नगरपालिकामा वितरण भएको छ ।

उक्त स्वास्थ्य सामाग्रीहरु बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नर सिंह वादेलाई हस्तान्तरण गरिएको हो ।

वितरणमा नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, पुर्व माननिय तीर्थ लामा, प्रदेश क्षेत्रीय सभापतीहरु राम योन्जन, रमेश हुमागाँई, विदुर घिमिरे, पुर्व जिल्ला सदस्य रामप्रसाद अधिकारी, अग्रज नेता दिल बहादुर लामा, नेपाल शिक्षक संघ प्रदेश ३ सभापती नारायण तिमल्सिना, बेथान्चोक गाउँपालिका सभापती कृष्णबहादुर पाखिृन, काँग्रेस नेताहरु माधव ढकाल, भगवान अधिकारी, पत्रकार महासंघ जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, ने.बि.संघ निवर्तमान प्रदेश ३ केन्द्रिय सदस्य राजेश तिमल्सिना, ट्रेडयुनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम लगायत अन्य नेताहरु उपस्थिती रहेका थिए ।

हस्तान्तरीत सामाग्रीहरुमा प्रति स्थानीय तह २०० थान मास्क र प्रत्येक स्वास्थ्य चौकिमा एक एक थान पिपिई पुग्ने गरि रहेको गरेको हो ।

Facebook Comments