रोशी सहकर्मी–बैशाख २१,
२०७७,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिका भित्र ‘लकडाउन’ उल्लंघन गरी खोलिएका भट्टी पसलबाट खावा प्रहरीले करिब सय लिटर मदिरा नियन्त्रणमा लिएको छ ।

कोभिड १९ कोरोना भाईरसको बेला अति आवश्यक बाहेकका होटल, पसल खुल्ला गरि भिडभाड गराई लकडाउन उल्लंघन गरेको र जोखिम बढाएको भन्दै केही भट्टी पसललाई चेतावनी दिई बन्द गराएको र केही भट्टी पसलबाट घरेलु मदिरा नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण अनुगमन र लकडाउन प्रभाबकारी बनाउनका साथै समुदाय प्रहरी साझेदारीको धारणा अन्तर्गत खावा प्रहरी चौकिका ईन्चार्ज श्री कृष्ण दासको नेतृत्वमा पाँचखाल नगरपालिका ५ र ६, धुलिखेल नगरपालिका ८ बाट जफत गरि ल्याईएको ईन्चार्ज दासले जानकारी दिए । उनका अनुसार भट्टी पसलबाट अन्दाजी सय लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।

उक्त मदिरा पाँचखाल नगरपालिका ५ का वडाअध्यक्ष बालकृष्ण सापकोटा, जन-प्रतिनिधिहरु, स्थानिय समाजसेवीहरुको सहभागितामा घरेलु मदिरा नष्ट गरिएको छ ।

Facebook Comments