रोशी सहकर्मी–बैशाख २१,
२०७७,काभ्रे/

नेपाल इन्जिनियर्स एसोशिएसन बाग्मती प्रदेशले कोरोना संक्रमण कोभिड १९ को लागि स्वाव संकलन गर्ने बुथ पाँचखाल नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाल इन्जिनियर्स एसोशिएसनका तर्फबाट बाग्मती प्रदेश सदस्य नविन काफ्ले र पाँचखाल नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर कपिलदेव भट्टले पाँचखाल नगर प्रमुख महेश खरेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेपाल इन्जिनियर्स एसोशिएसन बाग्मती प्रदेशलाई धन्यावाद दिँदै नगर प्रमुख खेरेलले स्वाब संकलन बुथले संक्रमणलाई कम गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारी, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका डा अमन दत्त, पाँचखाल नगरका प्रविधिकहरु लगायतको सहभागिता रहेको थियो । नेपाल इन्जिनियर्स एसोशिएसनले पाँचखाल लगायत मण्डनदेउपुर, रामेछापको मन्थली, सिन्धुपाल्चोकको साँगाचोक गढी चौतारा, बाह्रविसे र मेलम्ची, नुवाकोटको विदुर लगायतका पालिकामा हाल सम्म १० वटा स्वाब संकलन बुध वितरण गरिसकेको छ । ९० देखि १ लाख प्रति वुथ खर्च भएको बताउँदै अझ राम्रो बुथ हस्तान्तरण गर्ने नेपाल इन्जिनियर्स एसोशिएसन बाग्मती प्रदेशले जनाएको छ ।

पाँचखालका प्राविधिकहरुको ९१ हजार कोरोना कोषमा
पाँचखाल नगरपालिकामा कार्यरत सम्पूर्ण प्राविधिकहरुको तर्फवाट ९१ हजार नगर कोरोना कोषमा जम्मा गरेका छन् । नगरपालिकामा कार्यरत इन्जिनियर, सब इन्जिनियर, आईटी अफिसर, असिस्टेन्ट सव इन्जिनियर, अमिन तथा पाँचखाल नगरपालिकामा पुनःनिर्माणको काममा खटिनुभएका प्राविधिकहरुकोे तर्फवाट ९१ हजार रुपैया संकलन गरी राहतकोषमा जम्मा गरेको पाँचखाल नगरका प्राविधिक शाखा प्रमुख इन्जिनियर कपिलदेव भट्टले जानकारी दिनुभयो ।

नगर भित्र रहनु भएका २७ जनाले ५ हजार, ३ हजार, ३५ सय, २५ सय तथा २ हजारको दरले सहयोग गरेको पाँचखाल नगर प्राबिधिक शाखाले जनाएको छ ।

Facebook Comments Box