रोशी सहकर्मी–बैशाख २२,
२०७७,काभ्रे/

नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई विभिन्न संघसंस्थाहरुले सहयोग उपलब्ध गराएका छन । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिममा रहेका पत्रकारलाई विभिन्न संघसंस्था, सहकारी र व्यक्तीगत रुपमा सहयोग उपलब्ध भइरहेको पत्रकार महासंघ काभ्रे शाखाले जनाएको छ । यसैक्रममा आज काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा न १० खोपासीमा केन्द्रीय कार्यालय रहेको बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार महासंघ काभ्रे शाखालाई ३० हजार रुपियाँ सहयोग उपलब्ध गराएको छ । बिन्धबासिनी साकोसका अध्यक्ष प्रदिप थापाले महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई उक्त रकम सोमबार बनेपामा हस्तान्तरण गर्नुभएको थियो ।

महासंघ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले बन्दाबन्दीपछि प्रेस संगठन बाग्मती प्रदेश सदस्य रामहरी कार्कीले पाँच पिस ज्याकेट, क्लिन सिटी साँगाले एक हजार पाँच सय माक्स, काभ्रे उद्योग बाणिज्य संघ मार्फत ३० थान स्यानीटाईजर, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले २० थान ज्याकेट, बनेपा हेल्थ केयर प्रालीले पाँच पिस स्यानीटाईजर र १५ थान माक्स उपलब्ध गराएको जानकारी दिनुभयो । त्यस्तै अन्र्तराष्ट्रिय काभ्रे सेवा समाज तथा काभ्रे सेवा सामाजबाट ५०/५० थान माक्स र स्यानीटाईजर उपलब्ध भएको थियो भने बनेपामा रहेको पब्लिक सुत्रधार सहकारीले ५० पिस माक्स पत्रकार महासंघलाई उपलब्ध गराएको तिमल्सिनाले जानकारी दिनुभयो ।

Facebook Comments