रोशी सहकर्मी–बैशाख २२,
२०७७,काभ्रे/

आफन्तसँग कुरानकानी गर्न मोबाइल बोकेर अग्ला स्थानमा पुगी नेटवर्कको खोजी गर्नुपर्ने समस्या भोगेका बेथानचोक १ च्याम्राङ्बेसीका बासिन्दाले उच्च गतिको फाइबरनेट चलाउन थालेका छन् । नेपाल टेलिकम तथा एनसेलको मोबाइल काहीँ कतै मात्र चल्ने गरेको स्थानीय बताउँछन् । आफन्तलाई फोन गर्नुपर्यो भने कहाँनेर मोबाइलमा टावर दिन्छ भनेर खोज्नु पर्दथ्यो तर अहिले घर घरै वाइफाई भए पछि नेटबाटै कुरा हुन्छ । स्थानीय नेत्र प्रसाद दाहाल बताउँछन् ।

पुर्व संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बास्कोटाको निर्वाचन क्षेत्र समेत रहेको उक्त गाउँमा उनी बहाल रहँदा टावर निर्माण गरिदिन पटक पटक आग्रह गरेको स्थानीयको भनाई छ । छिट्टै निर्माण गरिदिने भनी टावरको सर्भे भए पनि हाल सम्म विटिएस टावर निर्माणको कुनै काम शुरु नभएको स्थानीय खेमराज दाहाल दुखेसो गर्छन् ।

ललितपुरको महाँकाल गाउँपालिकाको गोटिखेल केन्द्रबनाई वितरण गरिएको वेभसरोवर नामक कम्पनीको इन्टरनेट सविकको चन्दनपुर कालेश्वर हुँदै च्याम्राङबेसी सम्म वितरण गरिएको हो । उक्त इन्टरनेट स्थानीयले आफ्नै पहलमा जोडेका हुन् ।

दक्षिण ललितिपुरका ग्रामीण क्षेत्रलाई सेवा दिने उद्देश्य सहित संचालित उक्त कम्पनीले संवाभना भए सम्मका क्षेत्रमा सेवा विस्तार गर्ने जनाएको छ ।

Facebook Comments Box