रोशी सहकर्मी–बैशाख २२,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको चौतारामा ५६ जना व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए । कोभिड १९ को संक्रमणको कारण उपत्यकामै रगत अभाव भएको अवस्था रहेकाले जिल्लामा रगत अभाव नहोस् भनेर रक्तदान गरिएको सभापति राजेन्द्रमान ताल्चाभडेलले बताउनुभयो ।

Facebook Comments