यश कुमार परियार–बैशाख २३,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं १ खहरेपँगुका वडा अध्यक्ष श्रीदास लामाले आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता घर घरमै गएर वितरण गर्न सुरु गरेका छन् ।

हिजो देखि वडा सदस्य मानकाजी तामाङ, वडा सचिव मधुसुधन पन्थी, कार्यलय सहयोगी रमीता माया लामाको साथमा वडा अध्यक्ष लामा घर घर पुगेका हुन् । उनका अनुसार साविकको वडा नं १, २, ३ र ४ मा बाँडि सकेको र शनिबार सम्म वितरण गरिसक्ने उनले जानकारी दिए । वडा भरीमा सामाजिक सुरक्षा भत्तामा करीव ३५ लाख सकिने उनको अनुमान छ ।

लक डाउनका कारण सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने व्यक्तिहरु समस्यामा परेको कुरालाई मध्यनजर गर्दै घर घरमै वितरण गरिएको उनले बताए । यसरी घरमा नै पैसा पाउँ थाले पछि सबैले वडा अध्यक्ष लामा प्रति खुसी हुँदै धन्यवाद दिए ।

सरकारले जेष्ठ नागरीक, दलित जेष्ठ नागरिक, एकल महिला, विधवा, पुर्ण अपाङ्गता, अत्ति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी/जनजाती, ५ वर्ष मुनिका दलित वालवालिकाहरुलाई राज्यले भत्ता दिर्दै आईरहेको छ ।

Facebook Comments Box