रोशी सहकर्मी–बैशाख २३,
२०७७,सिन्धुपाल्चोक/

तातोपानी नाकाबाट खाद्य सामग्री आयातसँगै जनप्रतिनीधिले अवरोध सिर्जना गरेका छन् । आज पाँच कन्टेनर स्याउ र एक कन्टेनर लसुनको भन्सार जाँचपास गरि काठमाण्डौ लाने तयारी भएपछि स्थानिय र जनप्रतिनीधिले अवरोध गरेका हुन् ।

चीनतर्फवाट नियमित सामग्री आएको र भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा गरि सामना भित्र्याएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालवहादुर खत्रीले वताउनुभयो । अवारोधका वावजुद भन्सार कार्यालयले आएका सामाग्रीको भन्सार पास गरिरहेको उहाँले जानकारि दिनुभयो ।

स्वास्थ्य वाहेकका सामग्री आयात भएको भन्दै भोटेकोशी गाँउपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पा सहितले अवरोध सिर्जना गर्दै आएको भन्सार कार्यालयले जनाएको छ । केही दिन यता भन्सार जाँचपास गरि पठाईएका सामाग्रीमा बाटोमा अवरोध भएपछि निरन्तर छलफल गर्दै आएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।

Facebook Comments