यश कुमार परियार–बैशाख २४,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा राजमार्ग हुँदै गुड्ने सवारीलाई डिस्–ईन्फेक्टेड स्प्रे छर्न सुरु गरिएको छ । रोशी गाउँपालिकाको पहल र इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा वडा नं ९ बाट आज देखि सुवात भएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यलय मंगलटारले वि.पि राजमार्ग हुंदै उपत्यका तर्फ आउने सवारी साधनहरुमा डिस्–ईन्फेक्टेड स्प्रे छर्कने छ ।

भारतीय सिमावर्ती र कोरोना संक्रमण देखा परेका क्षेत्रबाट रोशी गाउँपालिका हुँदै सवारी उपत्यका भित्रने गर्छन् । यसकारण कोरोनाको जोखिम कम गर्न र संक्रमण हुन नदिनका निमित्त सवारी डिस्ईफेक्ट गर्ने कार्यको सुरुवात गरिएको पालिका अध्यक्ष लामाले बताए ।

यो स्प्रे छर्नाले सवारीको बाहिरी सतहमा भएका भाईरस जन्य तत्वहरु नाष्ट हुने जानकारहरुले बताएका छन् ।

Facebook Comments