कार्तिक ०६,
बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले आज जानकारी गराएको छ । प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ । ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ः४० जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ । उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ । प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ, मारिनरले बताए ।

Facebook Comments