रोशी सहकर्मी–बैशाख २७,
२०७७,धुलिखेल/

काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित २० एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ । धुलिखेल अस्पतालबाट अनुगमन गर्ने सकिने गरी एम्बुलेन्सहरुमा जिपिएस डिभाईस जडान गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा सञ्चालित २० एम्बुलेन्समा जिपिएस डिभाईस जडान सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालबाट जिपिएसमा जोडिएका एम्बुलेन्सहरुको मनिटरिङ्ग गरिने छ । जिल्लाभर ३५ एम्बुलेन्स सञ्चालनमा रहेका छन ।

जिल्लामा सञ्चालित एम्बुलेन्स मध्ये धुलिखेल अस्पतालमा रहेका दुईवटा एम्बुलेन्समा पहिल्यै जिपिएस जडान गरिएको थियो भने नेपाल रेडक्रस सोसाईटी मार्फत हस्तान्तरण गरिएका चौरी देउराली र बेथानचोक गाउँपालिकामा रहेका दुई गरी चारवटा एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएका छन । स्वास्थ्य कार्यालय, अस्पताल, रेडक्रस, स्थानीय तह, क्लवबाट जिल्लामा एम्बुलेन्स सञ्चालनमा रहेका छन ।

Facebook Comments Box