सांकेतीक तस्वीर

यश कुमार परियार–बैशाख २७,
२०७७,खहरेपाँगु(काभ्रे)/

जिल्लाको रोशी गाउँपालिका वडा नं १ मा रहेको खहरेपाँगु प्रहरीचौकीका जवान स्थानियहरुको कुटाईबाट घाईते भएका छन् । घाईते हुनेमा प्रहरी जवान नरेस गुप्ता छन् । गाउँमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि चैकीबाट असई बद्रि ठाकुरको कमाण्डमा ४ जना प्रहरी घटना स्थल पुगेका थिए । प्रहरीले घटना स्थलबाट एक जनालाई पक्राउ गरी ल्याउने क्रममा पक्राउ पर्नेका साथी र अन्य गाउँले समेत मिलेर प्रहरी माथि आक्रमण गरेको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

“मलाई प्राप्त जानकारी अनुसार नमोबुद्ध गहातेका केहि केटाहरु माथि ३ धारा भन्ने स्थानबाट आएको र अर्को पक्षले बाटो छेकी दुवै पक्षबिच झगडा भएको रहेछ । पछि गाउँलेहरु पनि संलग्न भई प्रहरी माथि नै जाईलागेका रहेछन्” वडा अध्यक्ष लामाले भने ।

अहिले घाईते जवान गुप्तालाई धुलिखेल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख एस्पी रवी कुमार पौडेलले जानकारी दिए ।

Facebook Comments