रोशी सहकर्मी–बैशाख ३०,
२०७७,काभ्रे/

भारतले गरेको सिमा अतिक्रमण विरुद्व नेपाल विद्यार्थी संघ काभ्रेले आज सिडियो कार्यालय मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।

भारतीय अतिक्रमण विरुद्व, उग्र राष्ट्रवादीको लमपसारवादी अवतार विरुद्व, राष्ट्रियताका पहरेदारहरु माथि भएको दमन विरुद्व तथा नेपाली भूमी हडप्ने गरी चीन र भारतले गरेको वेजिङग सहमति खारेजीको माग गर्दै नेबि संंघ काभ्रेले आज ज्ञापन पत्र बुजाएको प्रभावशालि विद्यार्थी नेता प्रेम तमाङले जानकारी दिए ।

विद्यार्थी नेता तमाङको साथमा कोषाध्यक्ष अनिता सापकोटा सचिब निर्मल पाण्डे सुन्दर बडाल, ने.वि.संघ पुर्व केन्द्रीय सदस्य सुमन पाण्डे लगाएतका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box