रोशी सहकर्मी–जेठ १,
२०७७,काभ्रे/

अनेरास्ववियूको ५५ औं र राष्ट्रिय युवा संघ नेपालको ३० औं स्थापना दिवसको अवसरमा दुवै संगठनको जिल्ला कमिटीको आयोजनामा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै अहिले कोरोना महामारीको विषम परिस्थितिमा औपचारिक कार्यक्रम गर्न नसकिने भएकाले खाद्यान्न सामाग्री वितरण गरिएको अनेरास्ववियू काभ्रे संयोजक उपेन्द्र शर्माले बताए । उनका अनुसार खाद्यान्न सामाग्री अन्र्तगत ५ बोरा चामल, ७ केजि दाल, ५ लिटर तेल, १ प्याकेट नुन, मसला, खुर्सानी, मेथी, सरफ, लुगा धुने साबुन १ केजि र हातधुने साबुन ९१५ वटा ०, मसेउरा प्याकेट लगाएतको सामाग्री बितरण गरिएको थियो ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै तीन टोलि बनाएर छुट्टाछुट्टै बितरण गरिएको अनेरास्ववियू केन्द्रिय सदस्य शालिकराम पराजुलीले जानकारी दिए । कार्यक्रम बिहीबार बनेपा नगरपालिका वडा नं ९ स्थित बौद्ध बृद्धाश्रम, बनेपा ११ नं वडामा स्थित अपांग बाल अस्पताल र धुलिखेल स्थित सिद्धार्थ बाल आश्रममा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल काभ्रे संयोजक बिक्रम चौलागाईंले बताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य मुक्ति बिष्ट, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय नेता अमित लामा र भेशराज शाह, नेकपा संगठित सदस्य बिकास शर्मा तिमल्सिना, नेकपा बनेपाका नेता तथा वडा अध्यक्ष चन्द्र बहादुर खड्का लगायतले आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गरेका थिए ।

अनेरास्ववियू केन्द्रिय सदस्य जेनिश लामा, निरोज पाण्डे, सुन्दर खड्का, शालिकराम पराजुली, हरिश चन्द्र घिमिले, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य भेषराज शाह, नेकपा नेता मुक्ति बिष्ट, विद्यार्थी नेता नवराज ढकाल र मुकुन्द लामिछाने, युवा नेता रत्न श्रेष्ठ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments