यश कुमार परियार–जेठ २,
२०७७,काभ्रे (भकुण्डे)/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ भकुण्डे चोक नजिकै कपाल काट्ने पसल खोलेर बसेका २ बाबु छोराको पिसिआर विधिबाट परिक्षण गर्दा पनि नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार ४४ वर्षिय नगेन्द्र ठाकुर र २० वर्षिय विवेक ठाकुरको धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना नदेखिएको अर्थात रिपोर्ट नेगेटिभ आएको बताए ।

सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर १० घर भएका उनिहरु लकडाउन अघि चैत्र ९ गते आफ्नो घरबाट काठमाण्डै पुगेका थिए । लकडाउन पछि उनिहरु काठमाण्डौबाट बैशाख १० गते भकुण्डे आएका थिए । यस अघि मेथिनकोट अस्पतालमा आरडिटि परिक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आएको थियो तर स्थानियले आरडिटिमा भर पर्न नहुने र पिसीआर नै गर्नुपर्ने भन्दै माग गरेपछि त्रास नफैलियोस् भन्नका निमित्त उनिहरुको पिसिआर परिक्षण गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ ।

उनिहरुलाई नौबिसेमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको भएपनि पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाईबाट घर पठाउने तयारी गरिएको डा. झाले बताए । तर यसरी अनावश्यक हल्ला फैलाएर मानसिक तनाब दिने स्थानियहरुलाई नगेन्द्र ठाकुरले कारबाहिको माग गरेका छन् ।

उनिहरु दुवै सर्ला्हिबाट आएका कारण शंकाको नजरबाट हेरिएको बुझाई छ । हाल सम्म सर्ला्हिको २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

Facebook Comments