
रोशी सहकर्मी–जेठ ३,
२०७७,काभ्रे
कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर काभ्रे जिल्ला प्रशासनले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ ।
कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारसम्बन्धी जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरकेो हो ।
हाल यस जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब उप्रान्त हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न निर्णयमा भनिएको छ ।
बैठकमा जिसस काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेलका मेयर अशोककुमार ब्याञ्जु, विष्णुदल गण, काभ्रेका प्रमुख सेनानी सुवास खड्का, काभ्रेका एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरीका एसपी पुरुषोत्तम थापालगायत उपस्थित थिए ।