यश कुमार परियार–जेठ ३,
२०७७,काभ्रे/

कोरोना भाईरसबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको २९ वर्षिय महिलाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ । धुलिखेल अस्पतालबाट शव लगिएको छ ।

स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरिसकेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

Facebook Comments