यश कुमार परियार–जेठ ४,
२०७७,काभ्रे/

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ५० भारतीय नागरिकलाई उतै फर्काईएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार नियन्त्रणमा लिईएको ती नागरिकलाई फिर्ता पठाईएको हो ।

बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानले सिन्धुपाल्चोक जल्केनीबाट ल्याएको ति नागरिकलाई धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्ग्स्थित जङ्गल क्षेत्रमा ओरालेको थियो ।

यसरी भारतीय नागरिक ओरालेको सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा उनिहरुलाई नियन्त्रणमा लिइएको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार ती भारतीय नागरिक जल्केनीको विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । उनिहरु सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा रहेको तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा खटिएको मजदुर हुन् ।

सम्बन्धित समाचार

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला कोरोनाकै कारण भएको पुष्टि

यसैबीच, कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरेको छ ।

Facebook Comments Box