तेमाल–कार्तिक ०७,
तेमाल गाँउपालीकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको तेश्रो दिन आज (बिहिबार) वडा नं ५ र ६ मा ३७ जना लाई वितरण गरिएको छ । तेमाल गाउपालिकाको वडा नम्बर ५ र ६ मा आज (कार्तिक ०७, बिहिबार) वडा कार्यलयहरुबाट तेमाल गाँउपालीका अध्यक्ष सलाम सिं लामा, दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल लगाएतको टोलीले वितरण गरेको हो । वडा नम्बर ५ मा “क” वर्गका १ जना, “ख” वर्गका ४ जना, “ग” वर्गका ३ जना र “घ” वर्गका ६ जना गरी १४ जना र वडा नम्बर ६ मा “ख” वर्गका ९ जना, “ग” वर्गका ९ जना र “घ” वर्गका ५ मा २३ जना गरी ३७ जनाले परिचय पत्र प्राप्त गरेका छन् ।
अहिले सम्म तेमाल गाउपालिका वडा नम्बर १ देखि ६ सम्मा १०१ जना व्यक्तिहरुलाई कार्ड वितरण गरिसकिएको गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङले जानकारी दिईन् । बाँकी रहेको ७, ८ र ९ नं वडामा तिहार पछाडि परिचयपत्र वितरण गर्ने बताइएको छ । त्यस्तै १ देखि ६ नं सम्माका वडाहरुमा कार्ड प्राप्त गर्न छुटेका व्यक्तिले तिहार पछाडी तेमाल गाउपालिकामा सम्पर्क गर्न पनि गाँउपालीकाले अनुरोध गरेको छ ।

Facebook Comments Box