यश कुमार परियार–जेठ ११,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नम्बर ७ मा रहेको रोशी माध्यमिक विद्यालयले अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्ने भएको छ । विद्यालयले आज एक सुचना जारी गर्दै तल्लो कक्षामा उतिर्ण भएका १ देखि १० कक्षाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्ने जनाएको छ ।

सुचनामा “विश्वव्यापी महामारीको रुपमा फैलदै गएको नोभेल कोरोना भाईरस (कोभिड–१९) ले उब्जाएको विषम परिस्थितिमा पनि विद्याथीहरुको अध्धयन अध्यापनलाई विशेष मध्यनजर यर्दै यस विद्यालयमा अध्ययनरत तल्लो कक्षामा उतिर्ण भएका सम्पुर्ण कक्षा १ देखि कक्षा १० सम्मका भाईबहिनिहरुलाई मिति २०७७–जेठ १२ र १३ गतेका दिन पाठ्यपुस्तक वितरण गरिने भएकाले पाठ्यपुस्तक बुझिलिन विद्यालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ”– भनिएको छ ।

त्यस्तै सुचनामा कक्षा १, ६ र ९ मा नयाँ भर्ना हुन चाहने तथा अन्य कक्षाहरुमा पनि नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुले आफु अध्ययनरत विद्यालयको सिफारीसपत्र सहित सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

Facebook Comments