रोशी सहकर्मी–जेठ १२,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ किप्चेमा बन्दुक पड्किदा एक आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनोन आयुष स्याङ्बो तामाङ रहेका छन् ।

उनको भरुवा बन्दुक पड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो ।

उनको पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

Facebook Comments