रोशी सहकर्मी–जेठ १३,
२०७७,काभ्रे/

कोरोना भाईरस अर्थात कोभिड १९ रोकथामका निमित्त सरकारले गरेको लकडाउनमा अति आवश्यक बाहेकका सवरी भन्दा अन्य चल्न पाएका छैनन् । नागरिकहरु घरघरमा नै बस्न बाध्य छन् । बित्तिय संस्था, कल कारखाना सबै ठप्प छन् । तर रातको समयमा राजमार्ग छेउछाउ घर हुनेको निन्द्र राम्रो सँग पर्न पाएको छैन आजभोली । बेरोजगार हुँदा ऋण थपिएको पीर एकातिर त अर्को तिर ट्रिपर आतंक ।

लकडाउनको अवधिमा निर्माणसामग्री ढुवानी सवारी सञ्चालनमा आएसँगै जिल्लामा ट्रिपर आतंक फेरि मच्चिएको छ । रात भर टिपरहरु लावालस्कर हुँदै दौडने गर्छन्, अनावश्यक हर्न बजाँउदै र दिनमा तिब्र गतिमा गुड्ने गरेको स्थानीयको गुनासो छ । सरकारले ट्रिपर सञ्चालनको लागि रातको ८ दखि बिहानको ५ बजेको समय निर्धारण गरेको छ ।

यस्तैमा जिल्ला ट्राफिक प्रहरी काभ्रेले अनावश्यक प्रेसर हर्न बजाउने ९५ ट्रिपरलाई नियन्त्रणमा लिएको छ । जनस्तरबाट यस्ता गुनासो आएसँगै सवारी चेकजाँच कडाई गरिएको र प्रेसर हर्न बजाउने सावरीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङले जानकारी दिए । “लकडाउन अघिदेखि नै त्यस्ता सवारीको अनुगमन भइरहेको थियो र प्रेसर हर्न राखिएका सवारीको हर्न निकालिएका थियौँ, तर अहिले गुनासो बढेपछि अनुगमनमा कडा गरेका छौँ” उनले भने ।

अहिले ट्रिपर अनुगमनको लागि जिल्लाको प्रमुख नाका मंगलटार, भकुण्डे, काभ्रे भञ्ज्याङ, दोलालघाट, पाँचखालमा चेकजाँच कडाइ गरेको प्रमुख तामाङले जानकारी दिए । नियन्त्रणमा लिएका सबै ट्रिपरको प्रेसर हर्न निकाल्नुको साथै ट्राफिक नियम अनुसार कारवाही गरिएको प्रमुख तामाङको भनाई छ ।

Facebook Comments