रोशी सहकर्मी–जेठ १३,
२०७७,काभ्रे/

विकाश लामाको अध्यक्षतामा जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ मा मंडलीदेवि युवा क्लब गठन भएको छ । श्री मंडलीदेवि मन्दिरको नाम राखिएको क्लबले गाउँ समुदायमा शिक्षा, स्वास्थ्य, बाटो, कुलो, नहरको विकासका साथै मठ मन्दिरको संरक्षण गर्ने उद्देश्यले क्लब गठन गरिएको हो ।

क्लबको अध्यक्षमा विकास लामा, उपाध्यक्षमा ज्योति मगर, कोषाध्यक्षमा इसा लामा, सह–कोषाध्यक्षमा रोशन तामाङ र सचिवमा रहर तामाङ रहेका छन् । त्यस्तै सदस्यमा अमृत तामाङ, सुरेश तामाङ, सुजन तामाङ, विकु मगर, रामचन्द्र मगर, रितु तामाङ र रमेश भुजेल रहेका छन् ।

गत आइतबार धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोँजुको अध्यक्षतामा बसेको बैठकले यस क्लब गठन गरिएको थियो । क्लब गठन भएसँगै युवाहरुले श्री मंडलीदेवि मन्दिरको सरसफाइ गरेका थिए । क्लब गत आइतबार गठन गरिएको थियो ।

Facebook Comments