रोशी सहकर्मी–जेठ १६,
२०७७,काभ्रे/

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ७ तरकारी बजार स्थित रत्न कुमार ठकुरीको घरमा ग्यास लिकेज भएर आगलागी हुदा ५ जना घाईते भएका छन् ।
आज बिहान करीब ६ः३० बजेको समयमा खाना पकाउने ग्यास लिकेज भएर आगलागी हुँदा ५ जना घाईते भएको बनेपा प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा १५ बर्षीय आयुष शाह, १४ बर्षीय अनिश शाह, १८ महिने रचना शाह, २४ बर्षीय सोफिया ठकुरी र २६ बर्षीय राकेश ठकुरी छन् । उनिहरुलाई तत्काल शिर मेमोरीयल अस्पताल लगिएको भएपनि थप उपचारका लागि किर्तिपुर वर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments