यश कुमार परियार–जेठ १६,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ६ ठुलो पर्सेलका वडा अध्यक्ष विकु लाल तामाङले सुरु गरेको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रममा २ सय २६ जना लाभान्वित भएका छन् ।

यहि जेठ ८ गते देखि १२ गते सम्म सञ्चालन भएको कार्यक्रममा ठुलो पर्सेल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले घर घरमा नै पुगी वडा भित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रमलाई अघि बढाईएको वडा अध्यक्ष तामाङले बताए । कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै जाँदा वडा अध्यक्षले भने दिर्घरोगी, जेष्ठ नागरिक, स्वास्थ्यमा समस्या आईपरेका व्यक्तिको उपचार र स्वास्थ्य परिक्षणलाई प्राथमिकता दिएका हुन् ।

स्वास्थ्य जाँचको क्रममा अस्वस्थ भेटिएका विरामीलाई स्वास्थ्य चौकीबाट प्रप्त हुने निःशुल्क औषधि वितरण पनि गरिएको थियो । स्वास्थ्य परिक्षणमा वडाभित्र ९० जना दीर्घरोगी रहेको विवरण प्राप्त भएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

लकडाउन लम्बिदै गएको खण्डमा दिर्घ रोगीहरुले नियमित शेवन गरिरहेका औषधीको व्यवस्था गर्ने उनले बताए । “दिर्घरोगीहरुले नियमित सेवन गर्ने औषधीको विवरण संकलन गरेको र बजेटको स्थिति अनुसार २ देखि ४ महिना सम्म पुग्ने गरी औषधी वितरण गर्छौ” उनले भने ।

आमा सुरक्षा कार्यक्रम सम्पन्नः

त्यस्तै वडा अध्यक्षले अघि बढाएको कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । वडा अध्यक्ष विकुलाल तामाङका अुनसार पहिलो चरणमा वडाका १६ जना गर्भवती महिलाहरुलाई बोलाएर अन्तरत्र्रिmया गरिएको थियो ।

अन्तरक्रिया पस्चात सहभागी गर्भवती महिलाहरुलाई साबुन, स्यानिटाइजर, मास्क र तौलिया वितरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

Facebook Comments