रोशी सहकर्मी–जेठ १७,
२०७७,काभ्रे/

कोरोना भाइरस प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौती नगरपालिकामा ह्याण्ड वासिङ स्टेशन स्थापन गरिएको छ । शान्ती जनआर्दश सेवा केन्द्र, सि.आर.एस को आर्थिक सहयोग तथा पनौती नगरपालिकाको सहकार्यमा ह्याण्ड वासिङ स्टेशन स्थापना गरिएको हो ।

शुक्रबार पनौती नगरपालिका, इन्द्रेश्वरमा र आज खोपासी क्वारेन्टाइनमा जडान गरिएको थियो । पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बन्जारा, शान्ती जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, प्रमुख प्रशाकीय अधिकृत हरिप्रसाद चाँपागाई, बरिष्ठ प्रशाकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, प्रेस युनियनका अध्यक्ष कपिल कोइराला, सि.आर.एस का प्रतिनिधि वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

शान्ती जनआर्दश सेवा केन्द्रका अध्यक्ष लामाले पनौती नगरपालिका, खोपासी तथा इन्द्रेश्वर क्वारेन्टाइन, १२ वटै वडामा ह्याण्ड वासिङ स्टेशन स्थापना गरिने जानकारी दिए । उनका अनुसार संस्थाले हातमुख जोड्न नै समस्यामा परेका २२५ परिवारलाई १३ हजार पाँच सयका दरले राहत वितरण गर्न लागेको जानकारी दिए । नगरप्रमुख न्यौपानेले ह्याण्ड वासिङ स्टेशन जडानले कोरोना भाइरसबाट बच्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

यो ह्याण्ड वासिङ स्टेशन नयाँ प्रबिधिको हात धुने स्टेशन हो । यसमा खुट्टाले थिचेर पानी आउने र ह्याण्वास लिक्वीड आउने बताईएको छ ।

Facebook Comments