यश कुमार परियार–जेठ १७,
२०७७,काभ्रे/

तेमाल गाउँपालिकाको सबै वडामा ११ वेडको क्वारेन्टाईन स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष सलाम सिं तामाङका अनुसार जिल्ला प्रशासन कार्यलय काभ्रेले हरेक स्थानिय तहलाई १ सय बेड बराबरको क्वारेन्टाईन निर्माण गर्न निर्देशन दिए अनुरुप निर्माण गरिएको जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ को जनचेतना मावि, २ को सर्बोद्धार मावि, ३ को कालिका देवी प्रावि, ४ को तिमाल मावि, ५ को नारायणस्थान मावि, ६ को पुरानो स्वास्थ्य चौकीको भवन ठुलो पर्सेलमा ११/११ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । त्यस्तै वडा नम्बर ८ मा क्वारेन्टाईन निर्माणमा विवाद भएपछि भोर्ज्याङको नर्सरी भवनमा स्थापना गरिएको र वडा नम्बर ९ को बुद्ध किरण आवि तीतृटारमा स्थापना गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।

हाल गाउँपालिकाको क्वारेन्टाईन खाली रहेको तर भोली देखि भारतबाट फर्किएका तेमालका नागरिक क्वारेन्टाईनमा आउने उनले बताए । अहिले उनिहरु धुलिखेलको सञ्जीवनी विधालयमा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका छन् ।

९ वडा रहेको गाउँपालिकामा हरेक वडाले ११/११ वेडको क्वारेन्टाईन स्थापना गरेपछि गाउँपालिकामा क्वारेन्टाईनबेडको संख्या १ सय ४ पुगेको छ । यस अघि गाउँपालिकाले नारायणस्थानमा ५ वेडको क्वारेन्टाईन निर्माण गरिसकेको छ ।

अमेरीकन फौजी किरा मार्ने किटनाशक औषधी वितरणः

यसैबिच गाउँपालिकाले आजबाट अमेरीकन फौजी कीरा मार्ने किटनाशक औषधी वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तामाङका अनुसार आजबाट हरेक वडामा वितरण सुरु गरिएको हो । उक्त किटनाशक औषधी वितरण गर्न घर धुरी निर्धारण गर्ने काम पनि भईरहेको अध्यक्ष तामाङले बताए ।

अमेरीकन फौजी किराका कारण किसानले लगाएको मकैबाली सखाप भएको भन्ने गुनासो आए सँगै तुरुन्तै गाउँपालिकाले किटनाशक औषधी वितरण सुरु गरेको अध्यक्ष तामाको भनाई छ । गाउँपालिकाको सम्बन्धित वडा कार्यलयहमार्फत औषधी वितरण गरिरहेको बताउँदै कृषकहरुले आ–आफ्नो वडा कार्यलयमा सम्पर्क गर्न पनि अनुरोध गरे ।

Facebook Comments