काभ्रेमा सङक्रमित भनिएका व्यक्ती काठमाडौंका

रोशी सहकर्मी–जेठ १९,
२०७७,धुलिखेल/

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङक्रमित नरहेकाले हटाउन जेठ ८ गते पत्र पठाएको भएपनि अझै सुनुवाइ हुन सकेको छैनन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मन्त्रालयले एक जना कोरोना सङक्रमित काभ्रेको रहेको तथ्याङ्क प्रकाशन गरेको भएपनि उनी काभे्रपलाञ्चोकको नरहेकाले हटाउन पत्रचार गर्नुभएको थियो । जेठ ३ गते धुलिखेल सामुदायिक अस्पतालमा परीक्षणमा कोरोना पोजेटिभ देखिएका मध्यपूर्वी पृतना महोत्तरीका कार्यरत नेपाली सेनाका जवान काभ्रेपलाञ्चोकका सङक्रमित भनेर मन्त्रालयले भनेको भएपनि उनी काठमाडौं जिल्लाको रहेकोले हटाउन प्रशासनले भनेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव नरेन्द्रकुमार झाले अहिले सम्म काभ्रेपलाञ्चोक जिल्लामा कसैलाई पनि कोरोना नभएको जानकारी दिनुभयो । धुलिखेल अस्पतालको ल्यावमा गरिएको परीक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएका व्यक्ती काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका निवासी रहेको झाले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लामा अहिले सम्म कसैमा पनि कोरोना सङक्रमण नभएको जानकारी मन्त्रालयलाई गराइ सकेको बताउनुभयो ।

Facebook Comments