रोशी सहकर्मी–जेठ १९,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ३ सुनकोशी बस्ने ५० वर्षिय ज्ञान बहादुर श्रेष्ठको आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएर मृत्यु भएको छ ।

श्रेष्ठ तरकारी खेती गर्न टनेल बनाउन घर भन्दा तीन सय मिटर पर बाँस काट्ने क्रममा चिप्लिएर लड्दा आफैले बोकेको खुकुर कोखामा रोपिएर घाईते भएका थिए । केहिबेर पछि श्रेष्ठलाई छोराले पछ्याउँदै जाँदा घाइते अवस्थामा भेटेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो ।

तर उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनको बाँया कोखामा रोपिएर मृत्यु भएको काफ्लेले जानकारी दिए ।

Facebook Comments Box