तस्विरः सामाजिक संजाल

रोशी सहकर्मी–जेठ २०,
२०७७,काभ्रे/

डाक्टर माथि हुने कुटपिट बन्द गर्न माग गर्दै धुलिखेल अस्पतालका चिकित्सकहरुले विरोध गरेको छ । उनीहरुले आज विहान पुरानो बसपार्कमा भेला भएर कुटपिट गर्ने विरुद्ध कडा कारबाहीको माग गरेका हुन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजका डाक्टर माथि भएको हातपातको विरोधमा धुलिखेलमा प्रदर्शन गरिएको हो ।

जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन उनीहरुले माग गरेका छन् । डाक्टर कुटपिटको बिरोधमा देशभरका चिकित्सकहरुले समर्थन गरेका छन् ।

Facebook Comments Box